डा . योगी विकाशानन्दका मननीय भनाइहरु
* अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छ , विवाहितहरु प्रेमको अभावले बर्बाद हुन्छन । * खान नपाएर थोरै मान्छे मर्छन , खान नजानेर धेरै मान्छे मर्छन । * धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ , गुणि बन्न खोज्ने मान्छे धनी बन्छ । * हामीलाई लामखुट्टेले हैन , हाम्रै अल्छ्याइले टोक्छ। * सुख खोज्नुपर्दैन दुखको सदुपयोग गरेपुग्छ । * सबथोक पाएर दुखी हुनुभन्दा सबथोक गुमाएर सुखी हुनु महान कुरा हो । * गरीब त्यो होइन जसले बिछ्यौना किन्न सक्दैन ,गरीब त्यो जो शान्तीसित सुत्न सक्दैन । * सबभन्दा सस्तो औषधि हाँस्य हो किनभने यसको अभाव भयो भने सबैभन्दा महंगो औषधि खान बाध्य बनाउछ । * असफलता झेल्ने आट नभएकाहरु सफलताका हकदार हुदैनन । * भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनितिको सम्भावना छैन। * व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ नेताहरुले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ । * जुन कलाले कलाकार आफैलाई मानविय गुण सम्पन्न बनाउदैन ,उसको कलाले समाजको पतन गराउछ । * पुस्तक पढेर पनि जीवन बदलिदैन भने त्यो पुस्तक होइन अक्षर सङ्ग्रह मात्र हो , या त्यो पाठक नै होइन अक्षर गन्नुमात्र हो । * ...