डा . योगी विकाशानन्दका मननीय भनाइहरु


* अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छ ,
विवाहितहरु प्रेमको अभावले बर्बाद हुन्छन ।
* खान नपाएर थोरै मान्छे मर्छन ,
खान नजानेर धेरै मान्छे मर्छन ।
* धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ ,
गुणि बन्न खोज्ने मान्छे धनी बन्छ ।
* हामीलाई लामखुट्टेले हैन , हाम्रै अल्छ्याइले टोक्छ।
* सुख खोज्नुपर्दैन दुखको सदुपयोग गरेपुग्छ ।
* सबथोक पाएर दुखी हुनुभन्दा सबथोक गुमाएर
सुखी हुनु महान कुरा हो ।
* गरीब त्यो होइन जसले बिछ्यौना किन्न सक्दैन ,गरीब त्यो जो शान्तीसित सुत्न सक्दैन ।
* सबभन्दा सस्तो औषधि हाँस्य हो किनभने यसको अभाव भयो भने सबैभन्दा महंगो औषधि खान बाध्य बनाउछ ।
* असफलता झेल्ने आट नभएकाहरु सफलताका हकदार हुदैनन ।
* भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनितिको सम्भावना छैन।
* व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ
नेताहरुले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ ।
* जुन कलाले कलाकार आफैलाई मानविय गुण सम्पन्न बनाउदैन ,उसको कलाले समाजको पतन गराउछ ।
* पुस्तक पढेर पनि जीवन बदलिदैन भने त्यो पुस्तक होइन अक्षर सङ्ग्रह मात्र हो , या त्यो पाठक नै होइन अक्षर
गन्नुमात्र हो ।
* मूर्ख त्यो होइन जसलाई पढ्न आउदैन मूर्ख त्यो हो जो पढेको कुरा व्यवहारमा उतार्दैन।
* तिमिलाई कसैले दुख दिनै सक्दैन किनभने तिमिलाई कसैले सुखपनी त दिन सक्दैन ।
* बहादुर त्यो होइन जो डराउदैन , बहादुर त्यो हो जो डरको बाबजुद पनि अघि बढ्न सक्छ ।
* सम्पत्ती नभएर गरीब भइदैन , भएको
सम्पत्ती नचिनेर गरीब भइन्छ ।
* यदि रोगबाट मुक्ती पाइदैन भने अपार
सम्पत्ती भएर के , यदि रोग नै छैन भने अपार सम्पत्तिको अवाश्यकता के ?
* जसले आमाबुवालाई प्रेम दर्शाउन सक्दैन उसले
छोराछोरीबाट प्रेम खोज्न पाउदैन ।। yo mahan vanai sangai good morning all

Comments

Popular posts from this blog

Curriculum Analysis of "Real Analysis "Math Ed 322 In Nepal

नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम अनुसार