मकै पर्व


'मकैपर्व'- वि.सं. १९७७मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखी १,००० प्रति छपाएबापत ९ वर्षको जेल सजाय दिइएको घटना हो। उनका ४५ जना सहयोगीलाई ५/५ वर्ष सजाय भएको थियो। यो पर्व श्री ३ चन्द्रशमशेरको शासनकालमा भएको र पुस्तक छाप्ने पशुपति छापाखानालाई ५० रूपैयाँ जरिवानासमेत भएको थियो। यो पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने, मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र कालो टाउके किराले क्रमश: चन्द्र र भीम शम्शेरलाई होच्याईएको अर्थमा लिइयो | स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे | छापिएका एक हजार प्रति पुस्तकमध्ये ९ सय ९९ प्रति तत्काल जलाई भष्म पारिएको थियो। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो | सुब्बा कृष्णलालको जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक शहिद पनि भनिन्छ |

Comments

Popular posts from this blog

Curriculum Analysis of "Real Analysis "Math Ed 322 In Nepal

डा . योगी विकाशानन्दका मननीय भनाइहरु

नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम अनुसार