सम्भाव्य प्रस्नोत्तर
1. विदेशमा सम्पर्क कार्यालय खोल्ने पहिलो नेपाली बैंक कुन हो ?
– हिमालयन बैंक
2. नेपाल सरकारले वि.सं. २०७१ (सन् २०१५) भित्र सबैका लागी शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको कार्यक्रम हुन हो ?
– साक्षर नेपाल अभियान
3.नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको स्थापना विधिवत रुपमा कहिले भएको छ?
– वि.सं. २०७१ कार्तिक २१
4. सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको छ ?
– वि.सं. २०६३ भदौ १२
5. गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन अन्तर्राष्ट्रिय स्तरमा गर्ने एवं बुद्धको जन्मस्थलबारे केही देशमा पाठ्यपुस्तकमा उल्लेख गरिएका गलत कुरा सच्याउने उद्देश्यसहित सन् २०१५ मे ४ र ५ मा अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ड पिस मार्च कहाँ हुने भएको छ ?
– ब्रसेन्स‚ बेल्जियम
6. फोब्र्स म्यागजिनले सन् २०१५ फेब्रुअरी १० मा सार्वजनिक गरेको विश्वका धनाढ्यहरुको सूचिमा पहिलो स्थान पर्न सफल अर्बपति को हुन् ?
– विल गेट्स
7. सन् २०१५ फेब्रुअरी १२ मा बेलारुसको मिन्स्कमा भएको सहमतिअनुसार युक्रेनमा कहिलेदेखी युद्धविराम लागु हुने भएको छ ?
– सन् २०१५ फेब्रुअरी १५
8.२६ औं राष्ट्रिय औद्योगिग बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु‚ घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम- २०७१ राजधानीमा कहिले हुने भएको छ?
– वि.सं. २०७१ फागुन ६-१०
9. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ?
– जियोथर्मल उर्जा
10. अनवीकरणीय वा जीवावशेष उर्जाको संरक्षणका लागि प्रयोगमा ल्याइने उर्जालाई के भनी चिनिन्छ ?
– बैकल्पिक उर्जा
11. वि. सं. २०७० कार्तिक २-५ सम्म काठमाण्डौंमा सम्पन्न गैरआवसीय नेपाली संघको छैटौं विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई चयन गर्यो ?
– शेष घल
Comments
Post a Comment